सभामुखले असोज १ गते सांसदलाई बिदाई ‘भोज’ दिने

Thankot Times

थानकोट ।

२०७४ सालको प्रतिनिधि सभामा निर्वाचित सांसदको ५ वर्षे कार्यकाल असोज २ गते सकिँदैछ ।

असोज २ गते आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिकतर्फको बन्द सूची पेश भएसँगै २०७४ सालमा निर्वाचित सांसदको कार्यकाल सकिन लागेको हो ।

असोज १ गते प्रतिनिधि सभाको यो कार्यकालको अन्तिम बैठक बस्ने र सांसदलाई बिदाइ गर्ने कार्यक्रम रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा नै ‘भोज’ खुवाएर बिदाइ गर्न लागिएको सचिवालय उच्च स्रोतले जनाएको नेपाल प्रेसमा खबर छ ।

२०७४ मंसिर १० र २१ गते भएको निर्वाचनमा निर्वाचित भएका प्रतिनिधि सभाका सांसद पहिलो पटक २०७४ सालकै फागुन २१ संसद् प्रवेश गरेका थिए ।

प्रतिनिधि सभाको कार्यकाल आगामी असोज १ गतेसम्म मात्रै रहने निर्क्योल भएसँगै त्यसै दिन अन्तिम बैठक राखेर सांसदलाई बिदाइ गर्न लागिएको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *