चन्द्रागिरिमा कोभिड-१९ विरूद्धको तेश्रो मात्राको खोप लगाउनेको संख्या २५ प्रतिशत भन्दा कम
थानकोट ।
चन्द्रागिरि नगरपालिकामा पछिल्लो एक वर्षमा कोरोना भाइरस विरूद्धको तेश्रो मात्राको खोप (बुस्टर डोज) लगाउनेहरूको संख्या न्यून रहेको पाइएको छ ।
नगरको स्वास्थ्य शाखाले सार्वजनिक गरेको वार्षिक कार्य प्रगति विवरण अनुसार वर्ष २०७८/७९ मा चन्द्रागिरि नगरपालिकामा विभिन्न ६ कम्पनीका कोरोना भाइरस विरूद्धको खोप अभियान सञ्चालन भएको थियो ।
नगरको स्वास्थ्य शाखाका अनुसार गत एक वर्षको अवधिमा नगरका विभिन्न स्वास्थ्य केन्द्रहरूमा भरोसेल, कोभिसिल्ड, एष्ट्रोजेनिका, जोन्सन एण्ड जोन्सन, फाइजर र मोडना कम्पनीका कोरोना भाइरसविरूद्धका खोप अभियान सञ्चालन गरिएकोमा भेरोसेल खोप बढी मात्रा लगाइएको बताइएको छ । जसको पहिलो मात्रा लिनेको संख्या ७४ हजार १ स्य ३६, दोश्रो मात्रा लिनेको संख्या ६६ हजार ८ सय ५७ तथा तेश्रो वा बुस्टर मात्रा लिनेको संख्या ५ हजार ९० जना रहेको बताएको छ ।
त्यस्तै, गत एक वर्षमा चन्द्रागिरि नगरमा कोभिसिल्ड खोपको पहिलो मात्रा लगाउनेको संख्या १ लाख ९ सय ६८ रहेकोमा सो को दोश्रो मात्रा लगाउनेको संख्या ८ हजार ५५ जना तथा तेश्रो वा बुस्टर डोज लगाउनेको संख्या ५ सय जना रहेको बताइएको छ । त्यस्तै एष्ट्रोजेनिका खोपको पहिलो मात्रा लगाउनेको संख्या ५ हजार २१ रहेकोमा दोश्रो मात्रा लगाउनेको संख्या ५ हजार तीन सय २ तथा तेश्रो वा बुस्टर डोज लगाउनेको संख्या ११ हजार ५ सय ५७ रहेको चन्द्रागिरि नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
त्यस्तै, वर्षभरिमा नगर क्षेत्रका विभिन्न स्वास्थ्य केन्द्रहरूमा जोन्सन खोप लगाउनेको संख्या १० हजार ३ सय १७ रहेको बताइएको छ भने फाइजर खोपको पहिलो मात्रा लगाउनेको संख्या २९ हजार २ सय ४९, दोश्रो मात्रा लगाउनेको संख्या २२ हजार ४ सय १७ तथा तेश्रो वा बुस्टर डोज लगाउनेको संख्या १२ हजार ४ सय ४ रहेको बताइएको छ ।
नगरमा गत वर्ष मोडोना खोपको पहिलो मात्रा लगाउनेको संख्या १ सय ५९, दोश्रो मात्रा लगाउनेको संख्या २ सय ४५ तथा तेश्रो वा बुस्टर डोज लगाउनेको संख्या २ हजार २ सय ३६ रहेको नगरको स्वास्थ्य शाखा प्रमुख राममणि घिमिरेले थानकोट टाइम्सलाई जानकारी दिनुभयो ।
जस अनुसार नगरमा विभिन्न कम्पनीका कोरोना भाइरस विरूद्धको पहिलो मात्रा खोप लगाउनेको संख्या १ लाख २९ हजार ८ सय ५०, दोश्रो मात्राको खोप लगाउनेको संख्या १ लाख २ हजार ८ सय ७६ जना तथा तेश्रो वा बुस्टर डोज लगाउनेको संख्या ३१ हजार ८ सय ७७ जना मात्रै रहेको बताइएको छ ।