प्रधानमन्त्री देउवाद्वारा बेलायती महारानीको निधनमा शाेक व्यक्त
थानकोट ।
प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायती महारानी एलिजाबेथ द्वितीयाको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ।
शनिबार काठमाडौंस्थित बेलायती दूतावासमा पुगेर प्रधानमन्त्री देउवाले बेलायतकी महारानी एलिजावेथको निधनप्रति दुःख व्यक्त गर्नुभएकाे हाे । उहाँले दूतावासमा राखिएको शोक पुस्तिकामा शोक सन्देशसमेत लेख्नुभएकाे छ ।
महारानी एलिजावेथको ९६ वर्षको उमेरमा बिहीबार राति निधन भएको थियो । उहाँकाे निधनमा नेपाल सरकारले आजदेखि तीन दिनसम्म शोक मनाउने र नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नियाेगमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको थियो ।