जसपाले काठमाण्डाै क्षेत्र नं १० बाट उम्मेदवार सिफारिस गर्यो
थानकोट ।
मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले एकल उम्मेदवार चयन गर्न नसकेपछि इच्छा राख्ने जति सबैको नाम माथिल्लो निकायमा सिफारिस गर्ने क्रम जारी छ ।
नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीले काठमाण्डाै क्षेत्र नंं १० र प्रदेश तर्फ उम्मेदवार सिफारिस गरिसकेका छन् भने शुक्रबार सो सूचीमा जनता समाजवादी पार्टी पनि उभिएको छ ।
जसपाले मंसिर ४ का लागि काठमाण्डाै क्षेत्र नंं १० बाट प्रतिनिधि सभातर्फ प्रत्यक्षमा सो पार्टीका राजनीनिक समितिका सदस्य पञ्चलाल महर्जनको एकल नाम सिफारिस गरेको छ । यस्तै, प्रतिनिधि सभाकै नै समानुपातिकतर्फ पार्टीका केन्द्रीय सदस्य रमेशचन्द्र प्रधान सिफारिस भएको जसपा स्रोतले थानकोट टाइम्सलाई जानकारी दियो ।
प्रदेशतर्फ काठमाण्डाै १० क को प्रत्यक्षमा संगम शर्मा नेपाल र श्याम महर्जनको नाम सिफारिस गर्दा समानुपातिकतर्फ प्रशान्त महासागर, ज्ञानरत्न महर्जन, भरत नेपाली र सरल गाेपाल महर्जनको नाम सिफारिस गरिएको छ ।
प्रदेश ख को प्रत्यक्षतर्फ केन्द्रीय सदस्य रमेशचन्द्र प्रधान सिफारिस हुँदा समानुपातिक तर्फ राम कुमारी महर्जन, रामलाल श्रेष्ठ र देव कुमार महर्जनको नाम सिफारिस भएको बताइएको छ ।
जसपा हालको सत्ता गठबन्धनको एक घटकका रूपमा रहेको छ ।