आम निर्वाचनअघि ७५३ वटै स्थानीय तहमा नमुना मतदान गराउँदै निर्वाचन आयोग

Thankot Times

थानकोट ।

मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको चुनाव अघि निर्वाचन आयोगले देशभरका सबै स्थानीय तहमा नमुना मतदान गराउने भएको छ । त्यसका लागि आयोगले नमुना मतपत्र समेत छापिसकेको छ ।

समानुपातिक निर्वाचन प्रणालीका लागि मतपत्र छपाई अघि जनक शिक्षा सामग्री केन्द्रमा मतदाता शिक्षा प्रयोजनका लागि नमुना मतपत्र छपाई गरिएको हो ।

देशका सबै पालिकामा मतदाताहरूलाई सरिक गराएर कम्तीमा एक–एक वटा नमुना मतदान गराउने आयोगको कार्यक्रम छ ।

एउटा पालिकामा कम्तीमा पाँच सयदेखि छ सय नमुना मतपत्र पठाउने तयारी निर्वाचन आयोगले गरेको बताइएको छ । आयोगले जिल्ला निर्वाचन कार्यालयले स्थानीय तहसँग समन्वय गरेर दशैं लगत्तै नमुना मतदानको कार्यक्रम गर्ने तयारी छ।

दसैँ पछिसम्म प्रत्यक्ष तर्फका उम्मेदवारहरूको पनि टुङ्गो लागिसक्ने भएकाले त्यसपछि निर्वाचन शिक्षा कार्यक्रमलाई व्यापक बनाएर लैजाने योजना आयोगले बनाएको छ।

यस्तै आयोगले मतदाता शिक्षाका लागि देशका विभिन्न जिल्लामा सांगीतिक कन्सर्ट गर्ने कार्यक्रम पनि राखेको छ


Leave a Reply

Your email address will not be published. Required fields are marked *