कलंकीमा ट्रकमा माेटरसाइकल ठाेक्किँदा माेटरसाइकल चालकको ज्यान गयाे
थानकोट ।
रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा माेटरसाइकल चालकको मृत्यु भएको छ । एकजना गम्भीर घाइते छन् ।
गए राति करिब १ बजे प्रदेश ३-०२-००३ प ८८८८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकछेउमा रोकिराखेको प्रदेश ०३-००१ ख-२०४० नम्बरको ट्रकमा ठोक्किएको थियो । दुर्घटनामा मोटरसाइकल चालक काठमाडौं वसन्तपुरका ३१ वर्षीय सुनोजमान डंगोलकाे निधन भएकाे हाे ।
माेटरसाइकलकाे पछाडि सवार ललितपुर बाँडेगाउँका २२ वर्षीय अभिषेक मर्हजन गम्भीर घाइते भएका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो । उपचारका क्रममा चालक डंगोलको मृत्यु भएको जनाइएको छ ।
घटना संलग्न दुवै सवारीसाधन र ट्रक चालक नियन्त्रणमा रहेको प्रहरी वृत्त कालीमाटीले जनाएको छ ।