थाहा नगरपालिकाले चित्लाङ स्वास्थ्य चाैकीका लागि ल्याब असिस्टेन्टका लागि आवेदन माग्यो
थानकोट ।
थाहा नगरपालिकाले चित्लाङ स्वास्थ्य चाैकीका लागि ल्याब असिस्टेन्टका लागि आवेदन माग गरेको छ ।
नगरको स्वास्थ्य चाैकी संचालन तथा व्यवस्थापन समितिको बैठकले करार सेवाका लागि सो पदमा एक जना कर्माचारी माग गर्ने निर्णय गरेको सूचनामा जनाइएको छ ।
सो पदका लागि ल्याब संचालनसम्बन्धी २ वर्षको अनुभव प्राप्त योग्यता पुगेका व्यक्तिले भदाै २७ गतेसम्म आवेदन पेश गर्न सक्नेछन् ।