बिहीबार कलंकीमा राप्रपाको आमसभा

Thankot Times

थानकोट ।

आसन्न प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचन केन्द्रित कार्यक्रममा दलहरू व्यस्त हुन थालेका छन् । उम्मेदवारको चयनका लागि आन्तरिक तयारीमा व्यस्त रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले बिहीबार काठमाण्डाैमा बृहत आमसभा आयोजना गर्ने भएको छ ।

राप्रपा काठमाण्डाै क्षेत्र नंं ९ को आयोजनामा कलंकीचोकमा दिउँसो २ बजे आयोजना हुने आमसभालाई सो पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले सम्बोधन गर्ने कार्यक्रम रहेको राप्रपा स्रोतले जानकारी दियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *