साफ यू-१७ च्याम्पियनसिप: नेपालले आज भुटानसँग खेल्दै
थानकोट ।
श्रीलंकामा जारी साफ यू-१७ पुरुष फुटबलमा नेपालले आफ्नो पहिलो खेलमा आज भुटानको सामना गर्दैछ ।
कोलम्बोको रेस कोर्स ग्राउण्डमा नेपालले आज भुटानको सामना गर्नेछ । नेपाल र भुटानबीचको राति ८:१५ बजे सुरु हुनेछ ।
नेपाल आज भुटानलाई हराएर सुखद सुरुआतको योजनामा रहेको छ । भुटान पनि नेपाललाई हराएर पहिलो जित निकाल्ने योजनामा हुनेछ ।
सोमबार भएको उद्घाटन खेलमा भुटानलाई भारतले ३-० गोल अन्तरले हराएको थियो ।
समूह ‘बी’ मा रहेको भारतले १ खेलमा ३ अंक जोडेको छ । भारत शीर्ष स्थानमा रहेको छ । यस्तै नेपालले दोस्रो खेलमा भारतसँग शुक्रबार खेल्नेछ ।
समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । फाइनल खेल सेप्टेम्बर १४ मा हुनेछ ।