मंसिर ४ काे निर्वाचनका लागि आठ करोड मतपत्र छापिने
थानकोट ।
मङ्सिर ४ मा हुने आमनिर्वाचनका लागि ५०३ प्रकारको करिब आठ करोड मतपत्र छापिने भएको छ । निर्वाचन आयोगको निर्वाचन शाखाका अनुसार समानुपातिकतर्फ चार करोड र पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष)तर्फ चार करोड मतपत्र छापिनेछन्।
आयोगले आगामी चुनावमा करिब एक करोड ८० लाख मतदाता कायम हुने अनुमान गरेको छ। कायम रहेको मतदाताभन्दा १० प्रतिशत बढी मतपत्र छाप्दै आएको अभ्यास छ। आयोगले असोज २५ गतेभित्र मतपत्र छापिसक्ने लक्ष्य राखेको छ।
निर्वाचन आयोगले मङ्गलबारबाट मतपत्र छाप्न सुरु गरेको छ। आगामी निर्वाचनका लागि आयोगले समानुपातिकतर्फको नमुना मतपत्र छाप्न सुरु गरेको हो।
आयोगको आन्तरिक कार्यतालिका बमोजिम भदौ २० गतेदेखि नै मतपत्र छाप्न सुरु हुनुपर्नेमा तयारी नपुग्दा एक दिनपछि मतपत्र छाप्न सुरु भएको हो।