कमल थापाको हातबाट गाई फुत्कियो
थानकोट ।
सर्वोच्च अदालतले गाई निर्वाचन चिन्ह पाउनुपर्ने माग राखी राप्रपा नेपालका अध्यक्ष कमल थापाले दिएको निवेदन खारेज गरिदिएको छ ।
मंगलबार सर्वोच्च अदालतले उनले दर्ता गरेको रिट निवेदन खारेज हुने आदेश गरेको हो । न्यायाधीशद्वय कुमार रेग्मी र तिलप्रसाद श्रेष्ठको उक्त आदेशसँगै थापालाई गाई निर्वाचन चिन्ह नदिने भनी निर्वाचन आयोगले गरेको निर्णय यथावत रहने भएको छ ।
राष्ट्रिय पहिचान भएका चिन्ह, जनावर र पंक्षी जनिने चिन्हहरु कुनैपनि दललाई निर्वाचन चिन्हका रुपमा प्रदान नगरिने भनी निर्वाचन आयोगले निर्णय गरेको थियो ।
आयोगको निर्णय विरुद्ध राप्रपा नेपालका अध्यक्ष थापा सर्वोच्च अदालत गएका थिए ।