साफ महिला च्याम्पियनसिपः भुटानको पोष्टमा नेपालको ४ गोल

Thankot Times

थानकोट ।

मंगलबार सुरू भएको साफ महिला च्याम्पियनसिप फुटबलमा घरेलु टिम नेपालले विजयी सुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा नेपालले भुटानलाई ४-० गोलले पराजित गरेको हो ।

दशरथ रंगशालामा भएको खेलमा नेपालको जितमा सावित्रा भण्डारी र अनिता बस्नेतले समान २-२ गोल गरिन् । पहिलो हाफमा एक गोलको अग्रता बनाएको नेपालले दोस्रो हाफमा थप तीन गोल गर्दै फराकिलो जित निकालेको हो ।

समूह ‘बी’ मा रहेको नेपालले अब समूह चरणको आफ्नो अन्तिम खेल श्रीलंकाविरुद्ध २७ गते खेल्नेछ । समूह ‘ए’ मा भारतसँगै बंगलादेश, पाकिस्तान र माल्दिभ्स छन् ।

बुधबार हुने पहिलो खेलमा पाकिस्तान र भारतले प्रतिस्पर्धा गर्दैछ । त्यस्तै, दोस्रो खेलमा माल्दिभ्स र बंगलादेश खेल्ने छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *