थानकोट चेकपोष्टमा गाँजाको धुलोसहित समातिए ३७ वर्षीय स्याङतान
थानकोट ।
चन्द्रागिरि नगरपालिका–६ चेकपोष्टबाट अवैध लागूऔषध गाँजाको धुलोसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले लागूऔषध गाँजाको धुलो ४ किलोग्रामसहित मंगलबार बिहान मकवानपुरको थाहा नगरपालिका वडा नम्वर ७ घर भएका ३७ वर्षीय जितबहादुर स्याङतान रहेको प्रहरीले जनाएको छ ।
बागमती प्रदेश ०२–०३० प ५२०५ नम्बरको मोटरसाइकललाई प्रहरीले चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा सवार स्याङतानको साथबाट उक्त परिमाणको गाँजा बरामद भएपछि निजलाई पक्राउ गरिएको बताइएको छ ।
पक्राउ परेका स्याङतानमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको प्रहरी वृत्त थानकोटले जनाएको छ ।