स्थानीय तह निर्वाचनपछि यस्तो देखियो काठमाण्डाै क्षेत्र नं. १० मा दलहरूको भोट संख्या
थानकोट ।
काठमाण्डाै निर्वाचन क्षेत्र नम्बर १० मा ०७४ को प्रतिनिधि सभा निर्वाचनमा कांग्रेस निर्वाचित भएको थियो । सो निर्वाचनमा कांग्रेसका राजेन्द्र कुमार केसी २४ हजार १९० मतसहित निर्वाचित भएका थिए । उनका प्रतिस्पर्धी माओवादी केन्द्रका हितमान शाक्यले २१ हजार ९०७ मत ल्याएका थिए ।
गत बैशाख महिनामा सम्पन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसको मत २४ हजार ६७५, एमालेले १८ हजार ८३८, माओवादीले ४,९४२, राप्रपाले २ हजार ४९६, एकीकृत समाजवादीले १ हजार ३४२ र जसपाले २५४ मत पाएका थिए । सो निर्वाचनमा पाँच दलीय गठबन्धन भएको भनिएपनि चन्द्रागिरि नगरपालिकाको मेयर उपमेयरमा एकीकृत समाजवादीले नगर प्रमुख र उपप्रमुखमा उम्मेदवार खडा गरेको थियो भने माओवादी केन्द्रले अन्तिम समयमा नाम फिर्ता लिएको थियो । समग्रमा यस क्षेत्रमा यहाँ गठबन्धनको मत हिसाब गर्दा ३१ हजार ४६७ मत छ जुन एमालेको भन्दा १२ हजार ६२९ मत बढी हो ।