चन्द्रागिरि नगरपालिकामा थपिए करिब १ हजार नयाँ मतदाता, वडागत सूचीसहित

Thankot Times

थानकोट ।

निर्वाचन आयोगले मंसिर ४ गते हुने चुनावका अद्यावधिक  गरेको मतदाता नामावली सार्वजनिक गरेको छ ।

निर्वाचन आयोगको वेभसाइटमा उपलब्ध भएको चन्द्रागिरि नगरपालिकाको पछिल्लो मतदाता नामावली अनुसार नगर क्षेत्रमा स्थानीय तह निर्वाचनपछि  १ हजार ६० मतदाता थपिएका छन् ।

यसअघि चन्द्रागिरि नगरमा ४७ हजार २ सय ६४ मतदाता भएकामा आगामी निर्वाचनका लागि सो संख्या बढेर ४८ हजार ३ सय २४ पुगेको बताइएको छ । चन्द्रागिरि नगरका विभिन्न २२ मतदान केन्द्र यथावत रहेको आयोगले जनाएको छ ।

संघ र प्रदेश निर्वाचन अन्तर्गत चन्द्रागिरि नगरका २ देखी ११ वडा सम्म काठमाण्डाै निर्वाचन क्षेत्र नं. १० मा पर्दछन् भने बाँकी वडा निर्वाचन क्षेत्र नं. ९ मा पर्दछन् ।

– यसअघि फरक विवरण उल्लेख भएकोमा सच्याइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *