एकदिवसीय क्रिकेट सिरिज नेपालद्वारा क्लिन स्वीप

Thankot Times

थानकोट ।

अफ्रिकी मुलुक केन्याको भ्रमण रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले घरेलु टोली विरूद्धको तीन एकदिवसीय क्रिकेट सिरिज क्लिन स्वीप गरेको छ ।

सोमबार तेश्रो तथा अन्तिम एक दिवसीय क्रिकेटमा घरेलु टोलीलाई ६ विकेटले हराउँदै नेपालले सिरिज क्लिन स्वीप गरेको हो ।

नेपालले जितका लागि पाएको २५६ रनको लक्ष्य ४७.१ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । नेपाललाई जिताउन ओपनरद्वय अर्जुन साउद र आसिफ शेख तथा बसिर अहमदले अर्धशतकीय पारी खेलेका थिए ।

साउद ५८ तथा शेख ५६ रनमा आउट भए भने अहमद ५२ रनमा नट आउट रहे । नट आउट रहेका अर्का ब्याट्सम्यान रोहितकुमार पौडेलले ४६ रन बनाए । ज्ञानेन्द्र मल्ल ३३ रनमा आउट भए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको घरेलु टोली केन्याले ५० ओभरमा ९ विकेट गुमाउँदै २५५ रन बनाएको छ । केन्याको कोलिन्स ओबुयाले सर्वाधिक ८४ रन बनाए । लुकास डन्डासन ५९ रनमा नट आउट रहे भने सुखदेव सिंह ३७ रनमा आउट भए ।

नेपालका सोमपाल कामी र अदिल अन्सारीले समान २ विकेट लिए ।

तस्बिरः क्यान


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ