प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि हितमान शाक्य काठमाण्डाै नंं ९ र १० दुवै क्षेत्रबाट सिफारिस

Thankot Times

थानकोट ।

सत्तारूढ नेकपा माओवादी केन्द्रका नेता हितमान शाक्य मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि काठमाण्डाै क्षेत्र नं. ९ र १० दुबै क्षेत्रबाट सिफारिस भएका छन् ।

आइतबार बसेको नेकपा माओवादी केन्द्रको चन्द्रागिरि नगरको बैठकले काठमाडौं निर्वाचन क्षेत्र नंं ९ बाट शाक्यको एकल सिफारिस केन्द्रमा पेश गरेको बताइएको छ भने क्षेत्र नंं १० बाट शाक्य र अन्जना विशंखेको नाम सिफारिस भएको नेकपा माओवादी केन्द्र स्रोतले जानकारी दियो । शाक्य गत आम निर्वाचनमा नेपाली काँग्रेसका राजेन्द्रकुमार केसीसँग पराजित भएका थिए ।

नेकपा माओवादी केन्द्रले काठमाण्डाै क्षेत्र नंं १० अन्तर्गत प्रदेश ख र क्षेत्र नं. ९ अन्तर्गत प्रदेश खका सम्भावित उम्मेदवारहरूको सूची पनि केन्द्रमा पठाइसकेको छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *