काठमाण्डाै क्षेत्र नं. ९ प्रदेश ख का लागि माओवादी केन्द्रबाट उम्मेदवार सिफारिस (सूचीसहित)

Thankot Times

थानकोट ।

मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि सत्तारूढ नेकपा माओवादी केन्द्रले काठमाण्डाै क्षेत्र नं. ९ को प्रदेश ख बाट सम्भावित उम्मेदवारहरूको नाम केन्द्रमा सिफारिस गरेको छ ।

आइतबार बसेको नेकपा माओवादी केन्द्रको चन्द्रागिरि नगरको बैठकले काठमाडौं निर्वाचन क्षेत्र नंं ९ को प्रदेश ख का प्रत्यक्ष र समानुपातिक तर्फका चन्द्रागिरि नगर क्षेत्रबाट सम्भावित उम्मेदवारहरूको नाम सिफारिस गरेको बताइएको छ ।

नेकपा माओवादी केन्द्रको नगरकार्य समितिको पूर्ण बैठकले क्षेत्र नं. ९ को प्रदेश ख को प्रत्यक्षतर्फ दिल बहादुर श्रेष्ठ, मधुसुदन शर्मा अधिकारी, मनोज कुमार थाापामगर र शंकर दुलालको नाम सिफारिस गरेको छ ।

यस्तै, प्रदेश सभाको समानुपातिकतर्फ नारायणध्वज महत, नारायण प्रसाद सिग्देल र सुमन श्रेष्ठको नाम सिफारिस गरिएको सो पार्टीका नगर इन्चार्ज गणेश बहादुर कुँवरले जानकारी दिनुभयो ।

काठमाण्डाै क्षेत्र नं. १० र प्रदेश ख का लागि माओवादी केन्द्रबाट उम्मेदवार सिफारिस (सूचीसहित)


Leave a Reply

Your email address will not be published. Required fields are marked *