नेपाल र केन्याबीच आज तेस्रो तथा अन्तिम एक दिवसीय खेल हुँदै

Thankot Times

थानकोट  ।

अफ्रिकी मुलुक केन्याकाे भ्रमणमा रहेकाे नेपाली राष्ट्रिय क्रिकेट टाेलीले आज केन्या विरुद्ध तेस्रो तथा अन्तिम एक दिवसीय खेल खेल्दैछ ।

नेपाल आज शृंखला क्लिन स्विप गर्ने दाउमा रहनेछ ।
पहिलो खेल ७ विकेटले र दोस्रो खेल १७ रनले जितेको नेपाल सिरिजमा क्लिन स्वीप गर्ने दाउमा रहँदा घरेलु टोली आज सान्त्वना जितका लागि मैदान ओर्लने छ ।

यसअघि पाँच खेलेको पाँच ट्वेन्टी–ट्वेन्टी शृंखला नेपालले ३-२ ले जितेको थियो । नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा खेल नेपाली समय अनुसार पौने बाह्र बजे शुरू हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ