स्रोत नखुलेको साढे ३९ लाखसहित नागढुङ्गाबाट एक युवक पक्राउ

Thankot Times

थानकोट ।

नेपाल प्रहरीले स्रोत नखुलेको ३९ लाख ५० हजार पाँच सय रकमसहित एक जनालाई नागढुङ्गा नाकाबाट पक्राउ गरेको छ।

प्रहरी प्रभाग (नागढुङ्गा) को टोलीले धादिङबाट काठमाडौं आउँदै गरेको ना ४ ख ९६७४ नम्बरको बसमा नवलपरासी बर्दघाट नगरपालिका वडा नम्बर ६ का २२ वर्षीय टिकाराम भट्टराईलाई पक्राउ गरी शनिबार सार्वजनिक गरेको हो।

जिल्ला प्रहरी परिसर (काठमाडौं)का प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बसको ‘ग्यालेरी’मा हरियो रङको झोलाभित्र रहेको उक्त रकमसहित भट्टराई पक्राउ परेको जानकारी दिए। पक्राउ परेका भट्टराईसँग प्रहरीले झोला, नगद र एकथान मोबाइल बरामद गरेको छ।

भट्टराईलाई प्रहरी वृत्त थानकोटबाट आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *