प्रदेश सभा निर्वाचनः काठमाण्डाै १०ख बाट धर्मनन्द श्रेष्ठ र ईश्वर लामा पहिलो र दोश्रो नम्बरमा

Thankot Times

थानकोट ।

मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि नेपाली काँग्रेसले काठमाण्डाै क्षेत्र नं. १० तथा प्रदेश ख बाट सम्भावित उम्मेदवारहरूको नाम केन्द्रमा सिफारिस गरेको छ ।

शनिबार केन्द्रमा बुझाइएको सूची अनुसार यस क्षेत्रमा प्रत्यक्षतर्फ सो पार्टीका केन्द्रीय सदस्य राजेन्द्रकुमार केसीको नाम सर्वसम्मत सिफारिस भएको बताइएको छ । यस्तै, प्रतिनिधि सभाको समानुपातिकतर्फ खस आर्य कोटामा योगेन्द्र कुमार कुँवर, गणेश बहादुर सुवेदी, नारायण प्रसाद सुवेदी, नरेन्द्रराज कोइराला र अशोक रिजालको नाम सिफारिस भएको नेपाली काँग्रेस स्रोतले जानकारी दियो। महिला जनजाति कोटामा यमुनादेवी श्रेष्ठ प्रतिनिधि सभाको समानुपातिक उम्मेदवारका लागि सिफारिस हुँदा आदिवासी जनजाति कोटातर्फ हरिबहादुर महर्जन, बद्रीनाथ श्रेष्ठ र हिरा बहादुर प्रधान सिफारिस भएका छन् ।

त्यस्तै, प्रदेश ख को प्रत्यक्षतर्फ सात जना तथा समानुपातिकतर्फ तेह्र जनाको नाम सिफारिस भएको बताइएको छ । प्रदेश ख को प्रत्यक्षतर्फ प्रदेश सभापति धर्मनन्द श्रेष्ठ पहिलो नम्बरमा सिफारिस हुँदा काठमाण्डाै क्षेत्र नंं १० का तरूण दलका सभापति ईश्वर लामा दोश्रो नम्बरमा सिफारिस भएका छन् । त्यस्तै, बिमला पोखरेल, पुरूषोत्तम उदास, राजेन्द्रविक्रम बानियाँ, राजेन्द्र महर्जन (राज) र बाबुशरण महर्जन पनि क्रमश काठमाण्डाै क्षेत्र नंं १० प्रदेश ख को उम्मेदवारका लागि सिफारिस भएका छन्।

समानुपातिकतर्फ यस प्रदेशका लागि खस आर्य कोटामा धर्मराज केसी, टेक बहादुर पोखरेल, शम्भुजंग कार्की, इन्द्र बराल र सुमन सिग्देल सिफारिस हुँदा आदिवासी जनजाति कोटातर्फ चन्द्रबहादुर गोपाली, युगनारायण श्रेष्ठ, सन्तप्रकाश श्रेष्ठ र हिराकाजी महर्जन सिफारिस भएका छन्। समानुपातिकको महिला कोटातर्फ गीतादेवी भुषाल, आदिवासी जनजाति कोटातर्फ वसन्ती महर्जन र रेणुका श्रेष्ठ सिफारिस भएका छन् भने दलित महिला कोटातर्फ दिलमाया जीआर (गहतराज) को सिफारिस भएको बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *