प्रतिनिधिसभा सदस्य निर्वाचनः मकवानपुर-१ मा काँग्रेसबाट चार जनाको नाम सिफारिस

Thankot Times

थानकोट । 

मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर-१ बाट नेपाली काँग्रेसबाट प्रत्यक्षतर्फबाट चुनाव लड्न ४ जनाको नाम सिफारिस गरिएको छ ।

शुक्रबार बसेको काँग्रेस मकवानपुर-१ को क्षेत्रीय समितिको बैठकले सो क्षेत्रबाट कांग्रेस मकवानपुरका हेभिवेट नेताहरुको नाम प्रत्यक्षतर्फ उम्मेदवारको रुपमा सिफारिस गरेको गरेको हो ।

बैठकको निर्णयअनुसार नेपाली काँग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डीना’, नेपाली कांग्रेस बागमती प्रदेशसभा सभापति इन्द्रबहादुर बानियाँ, पूर्वजिल्ला सभापति रामचन्द्र अर्याल ‘माइकल’ र महासमिति सदस्य जयराम लामिछानेको नाम सिफारिस भएको छ ।

बैठकले मकवनापुर-१ बाट प्रतिनिधिसभाको समानुपातिकतर्फ नेता विष्णु लामिछाने, काँग्रेस मकवानपुरका पूर्व सभापति रघुरमण न्यौपाने, नेता गोपीलाल विक, नेतृ पवित्रा विक, नेता सुवातसिं थिङ, नेतृ गीता राई, नेतृ सञ्जिता सिग्देल, नेता सुदिप बर्तौला, नेता राजकुमार जीएम र नेता नारायण लम्सालाको नाम जिल्ला समितिलाई सिफारिस गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *