सिलाफल पोखरीमा साँझ ८ बजेपछि पाैडी खेल्न रोक
थानकोट ।
चन्द्रागिरि नगरपालिका ४ स्थित ऐतिहासिक सिलाफल पोखरीमा आजबाट साँझ ८ बजेपछि पाैडी खेल्न रोक लगाइने भएको छ ।
वडा कार्यालयबाट जारी सूचनामा सो पोखरीमा अबेर रातिसम्म पाैडी खेल्दा स्थानीय बासीहरूको दैनिकीमा असर परेको तथा स्थानीय शान्ति सुरक्षामा समेत खलल पुगेको जनगुनासो बढेपछि सो रोक लगाइएको हो ।
सूचनामा साँझ ८ बजेपछि उक्त पोखरी क्षेत्रमा स्थानीय प्रहरी कार्यालयले निगरानी गर्ने बताइएको छ ।
फाइल फोटो