नेपाली काँग्रेसले काठमाण्डाै क्षेत्र नं. १० ख का आकांक्षीहरूको नाम आज सार्वजनिक गर्ने

Thankot Times

थानकोट । 

आसन्न संघ र प्रदेशको निर्वाचनका लागि उम्मेदवार सर्वसम्मत हुन नसकेपछि भएपछि राजनीतिक दलहरूले आकांक्षीहरू सबैको नाम माथिल्लो निकायमा पठाउन थालेका छन्। 

बुधबार नेकपा एमालले काठमाण्डाै क्षेत्र नंं १० बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारहरूको नाम माथिल्लो निकायमा सिफारिस गरेको छ भने सोही दिन एकीकृत समाजवादीले क्षेत्र नं. १० तथा प्रदेश ख का लागि आफ्नो तर्फबाट प्रत्यक्ष र समानुपातिक उम्मेदवारहरूको नाम सिफारिस गरेको छ । 

नेपाली काँग्रेसमा पनि आकांक्षीहरूको संख्या धेरै हुँदा सर्वसम्मत हुन नसकेको एक नेताले बताए । काठमाण्डाै क्षेत्र नं. १० ख अन्तर्गत बुधबार र बिहीबार बसेको सो पार्टीको प्रदेश समिति बैठकमा उम्मेदवारको नाम सर्वसम्मत हुन नसकेपछि आज सबैको नाम क्षेत्रमा पठाउने तयारी भएको बताइएको छ । 

काठमाण्डाै क्षेत्र नं. १० प्रदेश ख मा धर्मनन्द श्रेष्ठ, धर्मराज केसी, ईश्वर लामा, राजेन्द्र महर्जन, पुरूषोत्तम उदास, राजेन्द्र विक्रम बानियाँ लगायतले प्रत्यक्ष तर्फ टिकटका लागि आफ्नो दाबी पेश गरेको चर्चा छ । यद्यपी श्रेष्ठको नाम सर्वसम्मत गराउने अधिकांश आकांक्षीहरू सहमत भएको बुझिएको छ ।

मंसिर ४ को निर्वाचनमा पनि पाँच दलीय गठबन्धन हुँदा नेकपा एकीकृत समाजवादीले पाउने काठमाण्डाैका केही क्षेत्रहरू मध्ये यो पनि एक भएको चर्चा चलिरहँदा नेपाली काँग्रेस वृत्तमा भने मतअवस्था र जनाधारका हिसाबले आफ्नो पार्टीले टिकट पाउनुपर्ने धारणा राख्दै आएका छन् । चन्द्रागिरि नगरका २ देखि ११ वटा वडा पर्ने यस क्षेत्रमा करिब २७ हजार मतदाता रहेका छन् । बैशाख महिनामा सम्पन्न स्थानीय निकायको निर्वाचनमा १० वडा मध्ये ६ वडा नेपाली काँग्रेसले जित निकाल्दा समान २-२ वडामा नेकपा एमाले र माओवादी केन्द्रले वडाध्यक्षमा जित हात पारेका थिए ।

प्रतिनिधि सभाको प्रत्यक्षतर्फ भने राजेन्द्र कुमार केसीको नाम अगाडी छ ।


One thought on “नेपाली काँग्रेसले काठमाण्डाै क्षेत्र नं. १० ख का आकांक्षीहरूको नाम आज सार्वजनिक गर्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *