डिजिटल होर्डिङ बोर्ड हटाउँदै काठमाडौं महानगर

Thankot Times

थानकोट ।

काठमाडौं महानगरपालिकाले महानगरभित्रका अवैध होर्डिङ बोर्ड र विज्ञापन हटाउने भएको छ ।

अवैध संरचना हटाउँदै गरेको महानगरले बिहीबार त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा राखिएको डिजिटल होर्डिङ बोर्ड बन्द गराएको छ । पछिल्लो समय काठमाडौंको सडक छेउछाउमा होर्डिङ बोर्डको संख्या वृद्धि हुँदै गएका बेला महानगरले यस्तो कदम चालेको हो ।

काठमाडौंको कालीमाटी, कलंकी, कोटेश्वर, जडिबुटीलगायतका ठाउँमा पनि होर्डिङ बोर्ड सञ्चालनमा ल्याइएको छ । सबैभन्दा ठूलो मानिएको वर्ल्ड टे«ड सेन्टरबाट महानगरले होर्डिङ बोर्ड हटाउन सुरु गरेको हो ।

महानगरले मापदण्ड विपरीत राखिएका रक्सी, चुरोड र गाडीलगायतको विज्ञापन महानगरले बन्द गराइने बताएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *