बढ्यो सुनको मूल्य

थानकोट ।
शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ ।
यस दिन सुन प्रति तोला ९३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन सुन प्रति तोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यस दिन चाँदी प्रति तोला १ हजार १७० रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।