आयल निगमको थानकोट डिपो दसैँ बिदामा पनि खुला रहने

थानकोट ।
नेपाल आयल निगमका डिपो दसैँ बिदामा पनि खुला रहने भएका छन् ।
पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज बनाउन डिपो खुला राख्ने निर्णय भएको निगमले जनाएको छ ।
ती डिपो स्थानीय आवश्यकताका आधारमा खुला रहने गरी कार्यतालिका प्रकाशित गरिएको छ । इन्धनको आपूर्ति तथा उपलब्धतामा समस्या देखिए तत्काल सम्पर्क गर्न पनि निगमले आग्रह गरेको छ ।
दसैंमा सार्वजनिक बिदा हुने र सार्वजनिक यातायातको चाप बढ्ने भएकाले पम्पहरू खुला राख्न निगमले यस्तो निर्देशन दिएको हो। निगमका निर्देशक वीरेन्द्र गोइतका अनुसार पेट्रोल पम्पहरु २४ घन्टा खुल्ला हुने र त्यसका लागि १३ वटा डिपोहरु विभिन्न बिदाको दिनमा खुल्ला हुनेछन्।
उनले प्रदेश १ को विराटनगर र मधेस प्रदेशको अमलेखगंजमा असोज १६, २९ र २१ गते डिपो खुला हुने बताए। यसैगरी वाग्मतीको थानकोट र गण्डकीको पोखरामा असोज १५, १६, १८ र २१ गते खुला हुनेछ। साथै लुम्बिनीको भैरहवामा असोज १५, १६, १७, २१ र २२ गते र कर्णली प्रदेशको सुर्खेतमा असोज १६ र २१ गते डिपोहरु खुला हुने गोइतले बताए।
यस्तै उनका अनुसार सुदुर पश्चिम प्रदेशको धनगढीमा असोज १६, १७ र २१ गते तथा शाखा कार्यालय चारआलीमा १६ र २१ गते डिपोहरु विदाको दिनमा खुला हुनेछ्न्। यसैगरी अन्य सहरहरुमा नेपालगंज, धनुषा, वीरगंज, दाङ र दिपायलमा पनि २१ गतेसम्म निगमको डिपोहरु खुला हुनेछन्।
गोइतका अनुसार सामान्य अवस्थाको तुलनामा दसैं, तिहारमा करिब ३० प्रतिशतले पेट्रोलियम पदार्थको खपत बढेको छ। उनका अनुसार हाल दैनिक रुपमा पेट्रोल ३५०० किलोलिटर र डिजल ५६०० किलोलिटर खपत भइरहेका छन्।