सुनको मूल्य तोलामा १२ सय रुपैयाँले बढ्यो

थानकोट ।
नेपाली बजारमा बिहीबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १२ सय र चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेको महासंघले जनाएको छ ।
आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ८ सय, तेजावी सुनको मूल्य ९२ हजार ३ सय र चाँदीको मूल्य तोलामा ११ सय ७० रुपैयाँ कायम भएको छ ।
बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ६ सय, तेजावी सुनको मूल्य ९१ हजार एक सय र चाँदीको मूल्य ११ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।