पाँचाै नैकाप गोल्डकपमा २४ टिम, उद्घाटन खेलमा तारकेश्वर भर्सेज वेस्ट काठमाण्डाै एफ सी
थानकोट ।
असोज १० गतेबाट सुरू हुने चन्द्रागिरि नगरकै बृहत् फुटबल उत्सव नैकाप गोल्डकपको पाँचाै संस्करणमा २४ टोलीले सहभागिता जनाउने भएका छन् ।
शनिबार आयोजित गोल्डकपको खेल तालिका सार्वजनिक कार्यक्रममा सो जानकारी दिइएको हो ।
प्रतियोगिताको उद्घाटन खेलमा यसअघिको च्याम्पियन तारकेश्वर युवा क्लब र वेस्ट काठमाण्डाै एफ सी बीच सोमबार दिउँसो १ बजे खेल हुनेछ । खेल चन्द्रागिरि नगरपालिका १४ नैकापस्थित फुटबल मैदानमा सञ्चालन हुनेछ । उद्घाटन सत्र भने मध्यान्ह १२ बजेबाट सुरू हुने बताइएको छ
नैकाप गोल्डकपको खेल तालिका सार्वजनिक कार्यक्रम बोल्नुहुँदै आयोजक चन्द्रागिरि स्पोर्टस् क्लबका अध्यक्ष कृष्णहरि बस्नेतले पछिल्ला २ वर्ष कोरोना भाइरस महामारीका कारण प्रतियोगिता सञ्चालन हुन नसकेको बताउनुभयो ।
यसपटक सी डिभिजन राष्ट्रिय लीग छनोटका लागि क्लबहरू व्यस्त रहँदा नैकाप गोल्डकपमा सहभागिता क्लबहरूको संख्या अनुमान गरिए भन्दा कम भएको आयोजकको भनाई छ ।
चन्द्रागिरि स्पोर्टस् क्लबको आयोजना कार्तिक ५ गतेसम्म हुने प्रतियोगिताका विजेताले नगद पाँच लाख रूपैयाँसहित शिल्ड पाउनेछन् ।
प्रतियोगिताको उपविजेता हुनेले दुई लाख रूपैयाँ नगद पुरस्कार पाउँदा पराजित हुने दुई सेमिफाईनलिष्ट टोलीले ५०-५० हजार रूपैयाँ प्रोत्साहन रकम हात पार्नेछन् । नकआउट शैलीमा खेलाइने प्रतियोगिताका हरेक खेलका उत्कृष्ठ खेलाडीले २ हजार रूपैयाँ नगद पाउनेछन् ।
व्यक्तिगत विधातर्फ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, डिफेन्डर, गोलरक्षक, प्रशिक्षक र उच्च गोलकर्ताले जनही १५,००० रूपैयाँ नगद हात पार्नेछन्।
त्यस्तै, यसै वर्षबाट आयोजकले चन्द्रागिरि स्पोर्ट्स अवार्डको पनि सुरूवात गर्ने बताइएको छ जसमा चन्द्रागिरि नगर क्षेत्रका विभिन्न खेलमा सक्रिय खेलाडी मध्ये सर्वाधिक सफल खेलाडीलाई उक्त सम्मान प्रदान गरिने छ । चन्द्रागिरि स्पोर्ट्स अवार्डको पुरस्कार राशी ५० हजार रूपैयाँ रहनेछ ।
प्रतियोगिता सञ्चालनका लागि करिब ३७ लाख रूपैयाँ खर्च हुने अनुमान गरिएको छ।
पाँच लाख रूपैयाँ पुरस्कार राशीको नैकाप गोल्डकप असोज १० गतेबाट