डलरको मूल्य १३० रुपैयाँ नजिक

थानकोट ।
नेपाली रुपैयाँ इतिहासमै सबैभन्दा कमजोर बनेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर स्थितिमा आइपुगेको हो । राष्ट्र बैंकले आजको विनिमय दर तोक्दै १ डलरको बिक्री दर १२९.८९ रुपैयाँ कायम भएको जनाएको छ । यस्तै, आज डलरको खरिद दर १२९.२९ रुपैयाँ कायम छ । यो अहिलेसम्मकै सबैभन्दा उच्च दर हो ।
हिजो शुक्रबार १ अमेरिकी डलरको बिक्री मूल्य १२९.६८ रुपैयाँ कायम थियो । खासगरी, अमेरिकी डलरसँग भारतीय रुपैयाँ (भारू) कमजोर बन्दा नेपाली रुपैयाँ पनि कमजोर बनेको छ । नेपाली मुद्रा भारूसँग स्थिर विनिमय दर कायम गरिएको छ ।