मच्छेगाउँमा आजबाट हरेक शनिबार शहरी हाटबजार सञ्चालन हुने

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-९ मच्छेनारायण क्षेत्रमा साप्ताहिक रूपमा हाट बजार सञ्चालनका सर्वदलीय बजार व्यवस्थापन समिति गठन भएको छ।

वडा सदस्य समिन केसीको संयोजकत्वमा गठित सो समितिले आजबाट हरेक शनिबार स्थानीय उत्पादनको प्रवर्द्धन एवं बजारीकरणका लागि साप्ताहिक शहरी हाट बजार सञ्चालन गर्ने निर्णय गरेको वडाध्यक्ष अच्युत अधिकारीले जानकारी दिनुभयो ।

उक्त हाट बजारमा स्थानीय रूपमा उत्पादन हुने कृषि उपज, दुग्ध उत्पादन, मत्स्य उत्पादन लगायत स्थानीय स्तरमा उत्पादन हुने औद्योगिक सामाग्रीहरूको खरिद बिक्री गर्न सकिने बताइएको छ ।

आज सुरू हुने शहरी हाटबजार एवं दशैं मेलामा स्थानीय माैलिक खानाका परिकारका स्टल समेत राखिने भएको छ । मेला दिउँसो ३ बजेबाट साँझ ७ बजेसम्म सञ्चालन हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *