नैकापबाट सुनका गहना चोरी गर्ने र सो गहना खरिद गर्ने पक्राउ दुवै जना पक्राउ

Thankot Times

थानकोट ।

नेपाल प्रहरीले चन्द्रागिरि नगरपालिका वडा नं. १४ नैकाप वाईछापस्थित एक घरबाट ८.५ तोला बराबरका सुनका गरगहना चोरी गरेको आरोपमा एक पुरूषलाई पक्राउ गरेको छ ।

प्रहरी वृत्त थानकोटका अनुसार गहना चोरी भएको घरमा रङ लगाउने कार्य गर्ने चन्द्रागिरि ९ मच्छेगाउँ निवासी २३ वर्षीय रविन्द्र रिमालले सुनका गरगहना चोरी गरेको खुलेपछि रिमाललाई पक्राउ गरिएको हो । रिमालको साथबाट चोरी भएको सुनका गहना पनि फेला परेको बताइएको छ ।

त्यस्तै प्रहरीले रिमालले चोरी गरेको गहना खरिद गर्ने चन्द्रागिरि ११ सतुंगलस्थित सुनचाँदी व्यवसायी २९ वर्षीय सुजन सुनारलाई समेत पक्राउ गरेको बताएको छ ।

पक्राउमा परेका दुवै जनामाथि मुलुकी फौजदारी अपराध संहिता ऐन, २०७४ को डाँका तथा चोरी कसूरमा काठमाण्डौ जिल्ला अदालतबाट  सात दिनको म्याद थप गरि अनुसन्धान भइरहको प्रहरी वृत्त थानकोटले जानकारी दियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ