काठमाडौं क्षेत्र नं. १० काे निर्वाचन अधिकृतमा फणेश्वरी घिमिरे
थानकोट ।
निर्वाचन आयोगले आसन्न प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ ।
आयाेगले बिहीबार नियुक्तीको सूचनासहित नामावली नै प्रकाशन गरेको छ । उनीहरूलाई असोज ११ गतेदेखि लागु हुनेगरी नियुक्ती गरिएको आयोगले जनाएको छ ।
काठमाडौं क्षेत्र नं. १० काे निर्वाचन अधिकृतमा फैसला कार्यान्वयन निर्देशनालयका निर्देशक फणेश्वरी घिमिरे नियुक्त हुनुभएको छ ।
यस क्षेत्रकाे निर्वाचन अधिकृतकाे कार्यालय कीर्तिपुर नगरपालिकामा रहनेछ ।