काठमाण्डाैमा धेरै घरजग्गा कारोबार कलंकी मालपोतमा

थानकोट ।
भदौमा काठमाडौंका मालपोत कार्यालयमध्ये सबैभन्दा बढी घरजग्गा कारोबार कलंकी मालपोतबाट भएको छ। काठमाडौंमा ६ वटा मालपोत कार्यालय छन्।
भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकअनुसार भदौमा कलंकी कार्यालयबाट घरजग्गा किनबेच हुने संख्या सात सय १८ छ।
यो वर्ष भदौमा काठमाडौंका मालपोत कार्यालयमध्ये सबैभन्दा बढी घरजग्गा कारोबार कलंकी मालपोतबाट भएको छ। काठमाडौंमा ६ वटा मालपोत कार्यालय छन्।
भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकअनुसार भदौमा कलंकी कार्यालयबाट घरजग्गा किनबेच हुने संख्या सात सय १८ छ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक अनुसार काठमाडौंमा भदौमा घरजग्गा कारोबार संख्या दुई हजार ५ सय ११ संख्या छ। यस्तो किनबेच संख्या साउनमा एक हजार छ सय ५५ थियो। भदौमा जग्गाको कित्ताकाट पनि वृद्धि भएको छ। साउनमा २१७ कित्तालाई ६ सय २१ कित्तामा टुक्र्याइएको थियो भने भदौमा ५ सय ९३ कित्तालाई एक हजार ८ सय १२ कित्तामा टुक्इ्राइएको तथ्यांक छ, सेतोपाटी अनलाइनमा खबर छ।
त्यस्तै रजिष्ट्रेसन दस्तुरबापत उठ्ने राजश्वमा यो एक महिनामा ६३ प्रतिशतले वृद्धि भएको छ। भदौमा रजिष्ट्रेसन दस्तुरबापत ५९ करोड २५ लाख रूपैयाँ राजश्व उठेको छ। साउनमा यो राजश्व ३६ करोड २८ लाख थियो।
घरजग्गाको कारोबार बढेसँगै पुजिँगत लाभकरबापत उठ्ने राजश्व पनि ६८ प्रतिशतले वृद्धि भएको छ। भदौमा पुजिँगत लाभकर बापत ३१ करोड ३७ लाख रूपैयाँ राजश्व उठेको छ। साउनमा यो राजश्व १८ लाख ६० करोड रूपैयाँ थियो।