सुनचाँदीको मूल्य बढ्यो

थानकोट ।
मंगलबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार हिजो सोमबारको तुलनामा आज सुनको भाउ प्रतितोला ४०० रुपैयाँ र चाँदी पाँच रुपैयाँले बढेको हो ।
सोमबार छापावाल सुनको भाउ प्रतितोला ९१ हजार ४०० रुपैयाँ रहेकोमा आज बढेर ९१ हजार ८०० रुपैयाँ पुगेको छ । यसैगरी यसअघि प्रतितोला ९० हजार ९०० रुपैयाँ रहेको तेजावी सुन आज बढेर ९१ हजार ३०० रुपैयाँ कायम भएको छ ।
यता, चाँदीको भाउ पनि आज प्रतितोला पाँच रुपैयाँले बढेको महासंघले जनाएको छ । यसअघि प्रतितोला एक हजार १७५ रुपैयाँ रहेको चाँदी आज बढेर एक हजार १८० रुपैयाँ पुगेको हो ।