माइतीघरमा संविधान जलाउन खोज्ने थानकोटका एकसहित पाँच जना पक्राउ

Thankot Times

थानकोट ।

संविधानविरूद्ध प्रदर्शन गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ। सोमबार माइतीघर मण्डलामा ‘कालो संविधान’ को संज्ञा दिएर संविधान जलाइरहेको अवस्थामा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।

संविधान दिवसको दिन माइतीघरमा जम्मा भएर संविधान जलाउनेलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

पक्राउ पर्नेमा बारा घर भई थानकोट बस्ने २५ वर्षीय निश्चल अधिकारी, पर्वत घर भई बनस्थली बस्ने ४६ वर्षीय चन्द्रप्रकाश पौडेल, मकवानपुर घर भई धापासी बस्ने ४४ वर्षीय रमेश बानियाँ, धादिङ घर भई कोटेश्वर बस्ने ३२ वर्षीय सन्तोषकुमार सिलवाल र मकवानपुर घर भई कलंकी बस्ने १६ वर्षीय आषिक खतिवडा छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *