काठमाण्डाै क्षेत्र नंं १० बाट प्रतिनिधि सभामा प्रत्यक्षतर्फ दाबेदारी पेश गर्नेहरू

Thankot Times

थानकोट ।

शनिबार मध्य रातबाट प्रतिनिधि सभाको कार्यकाल सकिने भएसँगै मंसिर ४ का लागि तय भएको आम निर्वाचनका लागि राजनीतिक दलहरूको ध्यान केन्द्रित हुने भएको छ ।

सत्ता गठबन्धनका दलहरूबीच सिट बाँडफाँटका लागि कुरा मिल्न नसक्दा गठबन्धनको औचित्य माथि नै प्रश्न उब्जने हो भन्ने अड्कल काटिएको छ । तथापी गठबन्धनका घटकहरूले पार्टीका तर्फबाट उम्मेदवार खडा गर्ने कार्य भने जारी राखेका छन् ।

काठमाण्डाै १० मा नेपाली काँग्रेसले राजेन्द्र कुमार केसीलाई नै टिकट दिने लगभग पक्का जस्तै भइसकेको बताइएको छ भने गठबन्धन दल अन्तर्गतका अन्य घटकहरूले पनि सम्भावित उम्मेदवार तयार पारिसकेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि उम्मेदवारहरूको चयन सर्वसम्मत गर्न नसक्दा आकांक्षा राख्नेहरूको सूची माथिल्लो निकायमा पेश गरेको छ। जस अनुसार यस क्षेत्रबाट ७ जनाको नाम सिफारिस गरिएको छ ।

प्रतिनिधि सभा सदस्यका काठमाण्डाै क्षेत्र नं. १० नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, स्वतन्त्र पार्टी नेपाल लगायतले सम्भावित उम्मेदवारको नाम सार्वजनिक गरिसकेका छन् । कुन दलबाट कस कसको नाम छ सम्भावित उम्मेदवारको सूचीमा हेराैं?

घण्टी चिन्हबाट प्रतिनिधि सभातर्फ काठमाण्डाै क्षेत्र नं. १० मा प्रदिप विष्ट

राप्रपाले काठमाण्डाै क्षेत्र नंं १० तथा दुवै प्रदेश क्षेत्रबाट उम्मेदवार सिफारिस गर्यो

जसपाले काठमाण्डाै क्षेत्र नं १० बाट उम्मेदवार सिफारिस गर्यो

काठमाण्डाै क्षेत्र नं. १० र प्रदेश ख का लागि माओवादी केन्द्रबाट उम्मेदवार सिफारिस (सूचीसहित)

प्रदेश सभा सदस्य निर्वाचनः काठमाण्डाै १० ख का लागि एमालेबाट रामशरण आलेमगरसहित ५ जना सिफारिस

प्रदेश सभा निर्वाचनः काठमाण्डाै १०ख बाट धर्मनन्द श्रेष्ठ र ईश्वर लामा पहिलो र दोश्रो नम्बरमा

काठमाण्डाै १० मा एकीकृत समाजवादीबाट विजय पाैडेल, प्रदेश ख मा रमा आलेमगर सिफारिस


Leave a Reply

Your email address will not be published. Required fields are marked *