महारानी एलिजाबेथको अन्त्येष्टीमा सहभागी हुँदै अमेरिकी राष्ट्रपति बाइडेन

Thankot Times

थानकोट ।

अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल बाइडेन बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको अन्त्येष्टीमा सहभागी हुन बेलायत जाने भएका छन्। महारानी एलिजाबेथको सेप्टेम्बर ९ मा निधन भएको थियो।

राष्ट्रपति बाइडेन र प्रथम महिला जिलले शनिबार महारानी एलिजाबेथ द्वितीयालाई अन्तिम श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम छ। दुवैले समारोह स्थलमा महारानी एलिजाबेथ द्वितीयाको स्मृतिमा राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्नेछन्। यसैबीच उनीहरू राजा चार्ल्सद्वारा आयोजित स्वागत समारोहमा पनि सहभागी हुनेछन्।

राष्ट्रपति बाइडेन र जिल सेप्टेम्बर १९ मा वेस्टमिन्स्टर एबेमा महारानी एलिजाबेथ द्वितीयाको राजकीय अन्त्येष्टीमा सहभागी हुने र सोही दिन अमेरिकाका लागि प्रस्थान गर्ने कार्यक्रम तय भएको बताइएको छ।

महारानी एलिजाबेथ द्वितीयाको अन्त्येष्टी कार्यक्रममा नेपालका तर्फबाट परराष्ट्र मन्त्री नारायण खड्का पनि सहभागी हुने मन्त्री परिषद् बैठकले निर्णय गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *