दसैँलक्षित सुहलियत पसल सञ्चालनमा

थानकोट ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आजबाट दसैँलक्षित सहुलियत पसल सञ्चालनमा ल्याएको छ । कम्पनीले कात्तिक १५ गतेसम्मका लागि सहुलियत पसल सञ्चालनमा ल्याएको हो । उपत्यकामा चार बिक्री केन्द्रमा सहुलितय पसल सञ्चालन हुनेछ ।
थापाथली, रामशाहपथ, नख्खु र सूर्यविनायकबाट खाद्यान्न बिक्री हुने खाद्य व्यापार कम्पनीका बजार प्रमुख भीम थापाले जानकारी दिए । व्यापार कम्पनीका अनुसार दसैँलक्षित सहुलियत पसल उपत्यकाबाहिर ३८ जिल्लाका ४१ केन्द्रबाट बजार सञ्चालनमा आउने भएको छ । थापाका अनुसार सबै प्रकारका चामल तथा दालमा प्रतिकेजी सात रुपैयाँ छुट दिइने भएको छ नयाँपत्रिकामा खबर छ। त्यस्तै, विभिन्न प्रकारको तेल र अन्य खाद्य वस्तुहरू चिउरा, पिठोमा सात रुपैयाँ छुट दिइनेछ ।
खसी–बोकाको बिक्री घटस्थापनापछि राखिने भएको छ । थापाका अनुसार खसी र बोकामा प्रतिकेजी १० रुपैयाँ छुट दिइने भएको छ ।यसपटको दसैँ–तिहारका लागि खाद्य व्यापार कम्पनीले ६ करोड ४० लाखको तीन हजार खसी र एक हजार च्यांग्रा ल्याउने भएको छ । गत वर्ष दुई हजारभन्दा बढी खसी र एक हजार च्यांग्रा ल्याएको थियो । कोभिड–१९ का कारण अघिल्लो वर्ष प्रभावित भए पनि यसपटक बढी खपत हुने अनुमान खाद्य व्यापार कम्पनीको रहेको छ ।