राष्ट्रिय भूमि आयोगद्वारा लालपुर्जा वितरणको काम तत्कालका लागि स्थगित

Thankot Times

थानकोट ।

राष्ट्रिय भूमि आयोगले जग्गाको लालपुर्जा वितरणको काम तत्कालका लागि स्थगित गरेको छ ।

राष्ट्रिय भूमि आयोगले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा दिने प्रयोजनका लागि भदाै २९ गते गोरखापत्र दैनिकमा चन्द्रागिरि नगरपालिका, काठमाडौं महानगरपालिकासहित विभिन्न २८ जिल्लाका स्थानीय तहमा भूमिहीनको लगत संकलन गर्नका लागि ३५ दिने सूचना आह्वान गरेको हो ।

निर्वाचन आयोगको निर्देशन अनुसार जग्गा वितरण सम्बन्धी निवेदन लिने, जग्गा नापजाँच, निस्सा वितरण तथा लालपुर्जा वितरण काम तत्काल स्थगित गरिएको भूमि आयोगले जनाएको छ ।

आयोगका अनुसार साउन ३१, भदौ १, २ र २९ को सूचनामा उल्लेखित कामका अतिरिक्त लगत सङ्कलन, नापजाँच तथा निस्सा तथा जग्गाधनी दर्ता पुर्जा वितरण गर्ने काम अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको सूचनामा उल्लेख छ ।

निर्वाचन आयोगले यसअघि लालपुर्जा वितरणको काम तत्काल रोक्न राष्ट्रिय भूमि आयोगलाई निर्देशन दिएको थियो ।

 

 

प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा स्वच्छता र निष्पक्षताका लागि भन्दै निर्वाचन आयोगले भूमि आयोग र मातहतका निकायबाट हुने लालपुर्जा वितरणको काम चुनाव नसकिएसम्म बन्द गर्न निर्देशन दिएको हो ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *