महिला साफ च्याम्पियनसिपः भारतविरूद्ध सानदार जित निकाल्दै नेपाल फाइनलमा

थानकोट ।
काठमाण्डाैम जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप अन्तर्गत दोश्रो सेमिफाइनलमा भारतविरूद्ध नेपालले १-० को जित निकालेको छ ।
महिला साफ च्याम्पियनसिपको इतिहासमा नेपालले पहिलोपटक भारतविरूद्ध जित दर्ता गरेको हो ।
नेपालका लागि पहिलो हाफको अन्तिम मिनेटमा रश्मिकुमारी घिसिङले गोल गरिन्। प्रिति राईले मिहिनेत गरेर दिएको क्रसमा रश्मिले डिबक्स भित्रबाट उत्कृष्ट फिनिसिङ गरेकी थिइन्।
दशरथ रंगशालामा उपस्थित सात हजार दर्शकसामू भारतलाई पराजित गरेको नेपालले अब उपाधिका सोमबार बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ।
शुक्रबार नै दशरथ रंगशालामा भएको पहिलो सेमिफाइनलमा भुटानलाई बंगलादेशले ८-० गोल अन्तरले पराजित गरेको थियो ।