असोज १ गते राति १२ बजेबाट प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक तर्फको बन्दसूची कायम नरहने
थानकोट ।
निर्वाचन आयोगले २०७४ सालको निर्वाचनका लागि राजनीतिक दलले पेश गरेको बन्दसूची असोज १ गते राति १२ बजेदेखि स्वत: कायम नरहने निर्णय गरेको छ।
निर्वाचन आयोगले भदौ २९ गते राजनीतिक दलसँग गरेको छलफल र भदौ २८ गते राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा भएको छलफलमा प्राप्त सुझावका आधारमा निर्णय गरेको जनाएको हो।
आयोगले उक्त निर्णय राजपत्रमा समेत प्रकाश गर्ने र राजनीतिक दलहरुलाई जानकारी दिने निर्णय समेत गरेको छ।