कीर्तिपुरमा बाघचाल प्रतियोगिता, विजेताले ३० हजार रूपैयाँ पुरस्कार पाउने

Thankot Times

थानकोट ।

नेपालमा निकै रूचाइएको परम्परागत बागचाल खेलको काठमाण्डाै उपत्यकाव्यापी प्रतियोगिता कीर्तिपुरमा आयोजना हुने भएको छ।

सघाउ नेपालको आयोजनामा सानुमाया शेरबहादुर महर्जन स्मृति कप प्रथम उपत्यकाव्यापी खुल्ला बाघचाल प्रतियोगिता आगामी असोज ३ देखी ९ गतेसम्म हुनेछ ।

सो प्रतियोगिताका विजेताले नगर ३० हजार रूपैयाँ पुरस्कार पाउने आयोजकले जानकारी दिएको छ । त्यस्तै, उपविजेताले नगद २५ हजार तथा तेश्रो स्थान हासिल गर्ने खेलाडीले नगद २० हजार रूपैयाँ तथा २ जना सान्तवना स्थानमा रहनेले नगद ५ हजार रूपैयाँ हात पार्नेछन् ।
कीर्तिपुर नगरपालिका १० स्वीमिङ पुल क्षेत्रमा प्रतियोगितामा सहभागिताका लागि आयोजकले सबैमा आह्वान गरेका छन् । प्रतियोगिताका लागि असोज २ गते सम्म नाम दर्ता गराउन सकिने जनाइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *