घण्टी चिन्हबाट प्रतिनिधि सभातर्फ काठमाण्डाै क्षेत्र नं. १० मा प्रदिप विष्ट
थानकोट ।
मंसिर ४ का लागि तय भएको प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि दलगत तथा स्वतन्त्र रूपमा उम्मेदवार घोषणा हुने क्रम जारी छ ।
काठमाण्डाै क्षेत्र नं. १० का लागि नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतले सम्भावित उम्मेदवारको सूची माथिल्लो निकायमा पठाइसकेका छन् ।
प्राप्त विवरणहरू अनुसार पूर्व सञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि यस क्षेत्रमा उम्मेदवार खडा गर्ने बुझिएको छ । सो पार्टीका तर्फबाट प्रदिप विष्टले यस क्षेत्रमा प्रतिनिधि सभाको प्रत्यक्षतर्फ उम्मेदवारी दिने बताइएको छ ।
विष्टले आफ्नो सामाजिक सञ्जालमा राजनीतिक दलहरुले गरेको अत्याचार, भ्रस्टाचार अनि सिन्डिकेटको विरूद्धमा स्वतन्त्र उम्मेदवारी दिने निर्णय गरेको बताउँदै सबैको समर्थन प्राप्त हुनेमा विश्वस्त रहेको धारणा व्यक्त गरेका छन् ।