निर्वाचन आयोगले समानुपातिक तर्फको बन्द सूची बुझाउन असोज २ र ३ गतेको समय तोकेको छ । प्रत्यक्षतर्फको उम्मेदवारको मनोनयन दर्ताको लागि आयोगले असोज २३ गतेलाई तोकेको छ ।
आम निर्वाचन-२०७९ः नेपाली कांग्रेसले बनायो उम्मेदवार छान्ने पाँच मापदण्ड
थानकोट ।
सत्तारूढ नेपाली कांग्रेसले मंसिर ४ का लागि तय भएको प्रतिनिधि र प्रदेश सभामा उम्मेदवार बन्नेहरुका लागि पाँच वटा मापदण्ड तय गरेको छ ।
शीर्ष नेताहरूको छलफलले प्रत्यक्ष र समानुपातिक उम्मेदवार मापदण्ड तय गरेको बताइएको छ ।
‘समानुपातिकमा अघिल्लोपटक परेकालाई यसपटक नबनाउने, आन्दोलनमा सहभागी भएका, पार्टीमा लामो समयदेखि दुःख गरेकालाई प्राथमिकता दिने कुरा हो,’ नेता रामचन्द्र पौडेलले भने,‘योग्यता भएको जनतामा प्रभाव पार्नेलाई छनोट गर्ने मापदण्ड बनाएका छौं । चुनाव जित्न सक्नेलाई उम्मेवार बनाउनुपर्छ । यस्तै यस्तै पाँचवटा मापदण्ड बनाएका छौं ।’
शेरबहादुर देउवा निवास बालुवाटारमा बसेको शीर्ष तहका नेताको बैठकमा पूर्व पदाधिकारीलाई पनि आमन्त्रण गरिएको थियो । गृहमन्त्री बालकृष्ण खाँण र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि बैठकमा सहभागी भएका थिए ।