असोज १ गते शनिबार नेकपा एमालेको वाकाथन
थानकोट ।
संविधान दिवसको अवसरमा नेकपा एमालेले शनिबार बिहान काठमाडौंमा ‘वाकाथन’ गर्ने भएको छ ।
चुनावका लागि सबै आन्तरिक तयारी पूरा गरेको भन्दै एमालेले वाकाथनमार्फत् शक्ति प्रदर्शन गर्न लागेको हो। केन्द्रीय कमिटीले आयोजना गर्ने वाकाथन राजधानीका ५ स्थानबाट सुरु हुनेछ ।
ललितपुरको कुपण्डोल, काठमाडौंको कालीमाटी, नयाँ बानेश्वर, मैतीदेवी र लैनचौरबाट शनिबार बिहान ७ बजे वाकाथन सुरु हुने एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले बताए । मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावलाई समेत लक्षित गर्दै एमालेले गर्न लागेको वाकाथनका लागि जनसंगठन, उपत्यकाका कमिटी र सम्पर्क मञ्च समन्वयन कमिटीलाई परिचालन गरेको छ ।
यसैबीच नेकपा एमाले चन्द्रागिरि नगर कमिटिले सो वाकाथनमा सहभागिताका लागि सबैमा अनुरोध गरेको छ ।