चन्द्रागिरि नगरपालिकाका भूमिहीन र अव्यवस्थित बसोबासीलाई जग्गा दिन सूचना आह्वान

Thankot Times

थानकोट ।

राष्ट्रिय भूमि आयोगले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा दिने प्रयोजनका लागि निवेदन माग गरेको छ । आयोगले चन्द्रागिरि नगरपालिका, काठमाडौं महानगरपालिकासहित विभिन्न २८ जिल्लाका स्थानीय तहमा भूमिहीनको लगत संकलन गर्नका लागि ३५ दिने सूचना आह्वान गरेको हो ।

भूमिहीन  दलित,  भूमिहीन  सुकुम्बासी  र  अव्यवस्थित  बसोबासीले  जग्गा  पाउन आयोगले तोकेको ढाँचा बमोजिम निवेदन फाराम भरी सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र स्थानीय तहबाट खटिएका लगत संकलक मार्फत पेश गर्न सक्ने सूचनामा उल्लेख छ ।

आयोगमार्फत सरकारले देशभरका भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गा वितरण गर्ने बताउँदै आएको छ । जसअनुसार कतिपय स्थानीय तहमा लालपुर्जासमेत वितरण गरिसकिएको छ भने कतिपयमा प्रक्रिया जारी छ।

गत भदाै २ गते राष्ट्रिय भूमि आयोग काठमाडौंका अध्यक्ष केशव निरौला र चन्द्रागिरि नगरपालिका नगरप्रमुख घनश्याम गिरीबीच नगरक्षेत्रका  भूमीहीन नगरबासीहरूको लागि भूमी उपलब्ध गराउने कार्यको सुरूवातका लागि सम्झाैता भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *