प्रचण्डसँग अमेरिकी राजदूत बेरीको बिदाइ भेट
थानकोट ।
नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डसँग बिदाइ भेट गरेका छन्।
खुमलटारस्थित प्रचण्ड निवासमा पुगेर राजदूत बेरीले भेट गरेका हुन् । आज बिहान भएको भेटमा अमेरिका र नेपालबीचको दुई पक्षीय सम्बन्धका बारेमा छलफल भएको छ।
सो क्रममा अध्यक्ष प्रचण्डले राजदूत बेरीलाई सफल कार्यकालका लागि बधाई ज्ञापन गरेका उनको सचिवालयले जनाएको छ। राजदुत बेरीले आफ्नो कार्यकाल पुरा भएपछि नेपालका शीर्ष नेताहरुसँग बिदाइ भेट गरिरहेका छन्।