पूर्वएसएसपी श्रेष्ठ काठमाडौं महानगरको ट्राफिक विज्ञ सल्लाहकारमा नियुक्त
थानकोट ।
काठमाडौं महानगरपालिकाले ट्राफिक विज्ञ सल्लाहकारमा जगतमान श्रेष्ठलाई नियुक्त गरेको छ । नेपाल प्रहरीका पूर्व एसएसपी श्रेष्ठलाई मेयर बालेन शाहले विज्ञ सल्लाहकारमा नियुक्त गरेका हुन् ।
विभागीय प्रमुख महेश कुमार काफ्लेद्वारा हस्ताक्षरित पत्रमा भदौ २८ देखि लागू हुनेगरी नियुक्त गरिएको उल्लेख गरिएको छ । हालै मात्र महानगरपालिकाले नगरपालिकाको प्रहरी प्रमुखको नेतृत्व समेत परिवर्तन गरेको थियो ।