महिला साफ इतिहासमा भारतकाे पहिलाे हार, सेमिफाइनलमा नेपालसँग खेल्ने

Thankot Times

थानकोट ।

काठमाण्डाैमा जारी महिला साफ च्याम्पियनसीप फुटबलकाे इतिहासमा भारतले पहिलाे हार बेहाेरेकाे छ ।

छैटौँ संस्करणको च्याम्पियनसीप अन्तर्गत मंगलबार भएको खेलमा बङ्ग्लादेशले भारतलाई ३–० गाेलले हराएकाे हाे । याे सँगै बङ्ग्लादेशले भारतलाई पहिलाे पटक हराएकाे छ ।

दशरथ रङ्गशालामा भएकाे खेलमा बङ्ग्लादेशका लागि मोसमात सिराज जाहान सोप्नाले दुई र कृष्णारानी सरकारले एक गोल गरे । जितसँगै बङ्ग्लादेश समूह विजेता बन्दा भारत भने उपविजेता बनेकाे छ ।

याे सँगै सेमिफाइनल समीकरण पूरा भएकाे छ ।

समूह ‘बी’ बाट नेपाल र भुटान सेमिफाइनलमा पुगिसकेका छन् । नेपालले अब फाइनल प्रवेशका लागि भारतसँग खेल्नेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ